Logo

कोशीमा सभा अध्यक्षले पनि विश्वासको मत दिए एमाले अदालत जाने



काठमाडौं, ४ भदौ । कोशी प्रदेशमा मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार उनले विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री थापालाई बहुमत पुर्याउन कठिन भएपछि प्रदेश सभाको अध्यक्षता ग्रहण गरिरहेका कांग्रेसबाट निर्वाचित सांसद इस्राइल मन्सुरीले पनि मत दिने तयारी रहेको छ ।

उक्त तयारीतर्फ लक्षित गर्दै नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता रेवतीरमण भण्डारीले मुख्यमन्त्री संविधान र कानुनको हुर्मत लिने दुष्प्रयास नगर्न भनेका छन् । संविधान र कानुनको विषयलाई आफ्नो स्वार्थपूर्तिका निम्ति व्याख्या गर्ने प्रयास हुन नहुने उनको भनाई छ ।

‘संविधान र कानुनको धेरै चोटी हुर्मत लिनुभयो । अब हुर्मत लिने दुष्प्रयास नगर्नुस् । अब पनि हुर्मत लिनुभयो भने मुलुकको प्रादेशिक संरचना र संघीयतामाथि विरोध र आलोचनालाई उत्कर्षमा पुर्याउने कामको जिम्मेवारी तपाईँहरुले लिनुपर्छ,’– उनले भने ।

यस अघि प्रदेश सभाका तत्तकालीन सभामुख बाबुराम गौतमले हस्ताक्षर गरेर प्रदेश सरकार गठनका लागि बहुमत पुर्यापछि एमाले अदालत गएको थियो । आज पनि विश्वासको मत लिँदा सभाको अध्यक्षता ग्रहण गरिरहेको मन्सुरीलाई सहभागी गराईए फेरि अदालत जाने एमालेको संकेत छ ।



प्रतिक्रिया दिनुहोस्