Logo

बाल सुधार गृहमा झडप हुँदा घाइते भएका नाबालक बन्दी घर्तीको अवस्था गम्भीर



काठमाडौं, ४ भदौ । भक्तपुरको सानोठिमीमा रहेको बालसुधार गृहमा झडप हुँदा घाइते भएका नाबालक बन्दी शंकर घर्तीको अवस्था गम्भीर रहेको बताइएको छ ।

बाल सुधार गृहमा एक जना नाबालक बन्दीको हिजो रहस्यमय तरिकाले मृत्यु भएको थियो । उक्त मृत्युको विषयलाई लिएर आज भएको झडपमा १२ जना नाबालक बन्दी घाइते भएपनि घर्तीको अवस्था भने चिन्ताजनक रहेको बताईको छ । उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

झडपमा १८ जना सुरक्षाकर्मी पनि घाइते भएका छन् । झडपका क्रममा २२१ जना नाबालक बन्दीहरु भागेका थिए । भागेका मध्ये ८६ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्