Logo

माधव नेपालले औंल्याए नेकपा (एस) र एमालेबीचका सात भिन्नता



काठमाडौं, ५ भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी र नेकपा (एमाले) बीचको भिन्नता औंल्याएका छन् ।

उनले आज (मंगलबार) केन्द्रीय समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा एमाले र आफूहरुबीचको सात भिन्नता औंल्याएका छन् । साथै, एमालेसँगको विद्रोहको औचित्यसमेत यी भिन्नताले पुष्टि गरेको उनको दाबी छ ।

उनले आफ्नो राजनीतिक प्रतिवेदनमा भनेका छन्ः

  • हामी २०६२/६३ को शान्तिपूर्ण जनक्रान्तिमार्फत सामन्ती राजतन्त्रको अन्त्य गरेर गणतन्त्र स्थापना भएपछि नेपाली जनवादी क्रान्ति आधारभूत रूपमा सम्पन्न भएको मान्दछौ भने एमाले यो मान्दैन ।
  • हामी वर्तमान नेपाली समाज आधारभूत रूपमा पूजीवादी चरित्रको छ भन्छौँ भने एमाले यो मान्दैन ।
  • हामी अब हुने नेपाली क्रान्तिलाई समाजवादी क्रान्ति भन्छौं भने एमाले यो मान्दैन ।
  • हामी मार्क्सवाद–लेनिनवादलाई मात्र मार्गदर्शक सिद्धान्त मान्छौं भने एमाले जनताको बहुदलीय जनवादलाई समेत मार्गदर्शक सिद्धान्त मान्दछ ।
  • हामी समाजवादी क्रान्तिको कार्यक्रम अँगालेर अगाडि बढ्ने भन्छौं भने एमाले यो मान्दैन ।
  • हामी समाजवादी कार्यदिशा अंगाल्ने भन्छौं भने एमाले यो मान्दैन ।
  • हामी प्रतिगामी पुनरुत्थानवादी तत्वहरूका विरुद्ध प्रहार केन्द्रित गर्ने भन्छौं भने एमाले त्यस्ता तत्वसँग सहकार्य गर्न चाहन्छ ।


प्रतिक्रिया दिनुहोस्