Logo

नक्कली शरणार्थी प्रकरणको छानविन अमेरिकाको दवाबमा भएको एमाले महासचिव पोखरेलको आरोप



काठमाडौं, ६ भदौ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकारकै डिजाइनमा सुनको धन्दा चलेको आरोप लगाएका छन् ।

आज (बुधबार) विहान वीरेन्द्रनगरमा सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले सरकारकै डिजाइनमा भ्रष्टाचारका काम भइरहेकाले एमालेले संसद् अवरोध गरेको बताएका हुन् ।

‘सरकारले जे गरिरहेको छ, यसरी देश चल्छ ? ललिता निवास प्रकरणको अनुसन्धान हेर्नुस् त, यसलाई पनि सुशासनमा लागेको सरकार भन्ने ? यी सबै काम सरकारकै डिजाइनमा भएकाले एमालेले संसद् अवरोध गरेको हो,’– उनले भने ।

भुटानी सरणार्थी प्रकरण प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारको चाहना भन्दा पनि अमेरिकाको दवाबमा अगाडि बढेको उनको आरोप छ । उक्त प्रकरणको छानविनमा पनि सरकार निश्पक्ष हुन नसकेको उनको आरोप छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्