Logo

जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि दिने सरकारको निर्णय



काठमाडौं, ६ भदौ । सरकारले स्वर्गीय जनवादी गायक जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि दिने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले गायक टुहुरेलाई जनगायकको उपाधि दिने निर्णय गरेको छ । सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गायक टुहुरेलाई जनगायकको उपाधि निर्णय भएको जानकारी दिएकी हुन् ।

उनकाअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको प्रस्तावमा टुहुरेलाई उक्त उपाधि दिने निर्णय भएको हो । जेबी टुहुरेको २०७८ साल भदौ १० गते ७८ वर्षको उमेरमा निधन भएको थियो। २००१ कार्तिक १५ मा धरानको पुरानो बजारमा जन्मिएका गायक टुहुरे प्रगतिशील, जनवादी, क्रान्तिकारी गायकका रूपमा परिचित छन् । उनका गीतहरु जनजनको मनमा बसेको छ। ‘आमा दिदिबहिनी हो’ बोलको गीत उनको सर्वाधिक रुचाईएको गीत हो । Photo Source: Music Nepal



प्रतिक्रिया दिनुहोस्