काठमाडौं, भदौ ६ं। आज देशभरका केही साना तथा ठूला नदीमा आकस्मिक बाढीको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज ईलाम, झापा, सिन्धुली, मकवानपुर, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, अछाम, डोटी, डडेल्धुरा, बैतडी, दार्चुला, कैलाली, कन्चनपुर र आसपास भएर बहने अधिकांश स–साना नदीहरुको बहाव बढ्ने तथा केही स–साना नदीमा आकस्मिक बाढीको जोखिम रहने महाशाखाको पूर्वानुमान छ ।
साथै, मोरङ, सुनसरी, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, भोजपुर, खोटाङ, धनकुटा, उदयपुर, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, रसुवा, नुवाकोट, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), नवलपरासी (बर्दघाट सुस्ता पूर्व), पाल्पा, प्युठान, सल्यान, दैलेख, जाजरकोट, कालिकोट, बाजुरा, बझाङ र आसपास भएर बहने केही स–साना नदीहरुमा बहाव बढ्न सक्ने महाशाखाको पूर्वनुमान छ ।
महाशाखाका अनुसार आगामी तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा जलसतह सतर्कता तहभन्दा तलै रहे पनि उल्लेख्य बढ्ने पूर्वनुमान रहेका छ । नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।