काठमाडौं, ६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भुटानी शरणार्थी प्रकरणमा काम गरिरहेका प्रहरी अधिकारीहरुको सरुवा गरेको भन्दै आक्रोश पोखेका छन् । उनले सरकारले सुशासनको नारामात्रै दिएको तर अनुसन्धान आफ्नो ढोकासम्म आएपछि सामसुम पार्न खोजेको आरोप लगाए ।
प्रतिनिधिसभाको आज (बुधबार) बसेको बैठकमा बोल्दै उनले यस्तो आक्रोश पोखेका हुन् । उनले संसद कसको कारणले बन्द भयो ? भन्दै प्रश्न गरेका छन् । लामिछानेले भने, ‘यतिका दिन यो संसद किन बन्द भयो ? कसले गर्यो ? जनताको आवाज राख्ने थलो किन बन्दभयो ? यो गम्भिर प्रश्न खडा भएको छ ।’