Logo

कोशी प्रदेश सरकारविरुद्धको रिटमा सुनुवाइ भोलि



काठमाडौं, ६ भदौ । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

आज (बुधबार) मुख्यमन्त्री थापा नेतृत्वको सरकार बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गरिएको हो । उक्त मुद्दाको सुनुवाइ भोलि (बिहीबार) का लागि तोकिएको छ ।

मुख्यमन्त्री थापाले सभाको अध्यक्षता गरिरहेको इस्राइल मन्सुरीको समेत मत लिएर बहुमत जुटाएपछि प्रदेश सरकार विवादमा तानिएको हो ।



प्रतिक्रिया दिनुहोस्