Logo

तरुण दलका पूर्व महासचिव कार्कीको निधन



काठमाडौं, ६ भदौ । नेपाली कांग्रेसका नेता एवं तरुण दलका पूर्व महासचिव डा. राजाराम कार्कीको निधन भएको छ । उनको आज (बुधबार) बेलुकी पाँच बजे उपचारको क्रममा वीर अस्पतालमा निधन भएको हो ।

उनी नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य र बागमती प्रदेशको पूर्व प्रदेश सांसद पनि हुन् । उनी नेपाली कांग्रेको १४औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार पनि थिए ।



प्रतिक्रिया दिनुहोस्