Logo

पुनर्गठन र रुपान्तरित हुँदै जसपा, नयाँ विधानअनुरुप समितिहरु गठन



काठमाडौं, ६ भदौ । जनता समाजवादी पार्टी, नेपालले नयाँ विधानअनुरुप आफ्ना संगठनहरुलाई गठन, पुनर्गठन र रुपान्तरण गर्ने भएको छ ।

जसअनुसार पार्टीले भाद्र मसान्तभित्रै नयाँ विधानअनुरुप प्रदेश समिति र राष्ट्रिय समितिहरूको आवश्यकतानुसार गठन पुनर्गठन गर्ने भएको छ । त्यस्तै जिल्ला र विशेष जिल्ला समन्वय समितिहरुलाई पनि यथाशीघ्र विधानबमोजिम जिल्ला समितिमा रूपान्तरण वा पुनर्गठन गर्नुपर्ने भनि आन्तरिक परिपत्र जारी गरिएको छ ।

त्यस्तै पार्टीले संगठनको अभिलेख अद्यावधिक गर्न लागेको छ । पार्टीले आगामी कार्तिक मसान्तभित्र नामावलीसहितको सांगठनिक विवरण पठाउन पार्टी संगठन र समितिहरुलाई निर्देश गरिएको छ । सदस्यता अद्यावधिक गर्दा तोकिएको सदस्यता शुल्क बुझाएको हुनुपर्ने भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्