Logo

यात्रुबाहक बस दुर्घटनाप्रति जसपाद्वारा दु:ख व्यक्त



काठमाडौं, ६ भदौ । जनता समाजवादी पार्टी, नेपालले बुधबार काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परी ज्यान गुमाएको घटनाप्रति दु:ख व्यक्त गरेको छ ।

पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले उक्त घटनाप्रति दुख व्यक्त गरेका हुन् । धादिङको गजुरीस्थित राजमार्गबाट त्रिशुली नदीमा खस्दा ८ जना यात्रुहरुको निधन भएको थियो ।

घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्नुको साथै उद्धार कार्यलाई प्रभावकारी बनाउन प्रचार विभाग प्रमुख बस्नेतले सरकारसमक्ष माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्