Logo

वैदिक सनातन धर्मको धज्जी उडाइँदा गृहमन्त्री रमिता हेरेर बस्नुभयो: ज्ञानबहादुर शाही



काठमाडौं, ६ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले सयमा ९३ जना मानिसले मान्ने वैदिक सनातन धर्मको धज्जी उडाइँदा गृहमन्त्रीले रमिता हेरेर बसेको टिप्पणी गरेका छन् ।

आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले धरानमा गोरु काटेर खाएको प्रसंगमा नेपालको कूल जनसंख्याको ९३ प्रतिशतभन्दा बढिले माता मानेको गाई काटेर खानु विडम्बना भएको बताएका हुन् ।

‘देशको २ करोड ७२ लाख २४ हजार ९०४ जनसंख्याले गाईलाई माता मान्छ । तर, विडम्बनाका साथ भन्नुपर्छ, यहाँ गाईगोरु काटिन्छ र सामाजिक सञ्जालमा भिडिओ राखेर प्रचार गरिन्छ । सयमा ९३ जनाले मान्ने वैदिक सनातन धर्मलाई धज्जी उडाइन्छ । अनि गृहमन्त्री रमिता र जात्रा हेरेर बस्नुहुन्छ,’– उनले भने ।

धरानमा गोरु काटेर खानेहरुलाई सरकारले कारबाही गर्नुपर्ने उनको माग छ । File Photo/RN 

 



प्रतिक्रिया दिनुहोस्