काठमाडौं, ६ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले गृहमन्त्री नारायणकाजी श्रेष्ठको भूमिकामाथि प्रश्न उठाएका छन् । उनले सुन तस्करी प्रकरणको अनुसन्धानको गति सुस्त भएकोमा उनले शंका गरेका छन् । सिवाकोटीले गृहमन्त्री श्रेष्ठले संदिग्धहरुप्रति अतिरिक्त मोह पनि देखाएको आरोप लगाएका छन् । उनले यतिको नैतिक प्रश्न उठिसकेपछि गृहमन्त्री श्रेष्ठलाई पदमा बसिरहन मिल्छ ? भन्दै प्रश्नसमेत गरेका छन् ।
सामाजिक सञ्जाल फेशबुकमार्फत उनले लेखेका छन्-
गृहमन्त्री नारायणकाजीका विश्वासपात्र अध्यागमनका महानिर्देशकको संलग्नता नक्कली कागजपत्रमा नेपाली नागरिकता लिएका चिनियाँ सुन तस्करसँग रहेको खुलासा भएको छ। राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको सुन तस्करीको फाइल सिआइबीमा तान्न व्यापक दबाव दिनुको मतलब के आफ्ना प्रिय पात्र (पार्टी, मन्त्रालय र तस्कर)लाई बचाउन नै होत गृहमन्त्रीजी? होइन भने अनुसन्धानको गती किन यति सुस्त? संदिग्धहरुप्रति पक्षधरता र अतिरिक्त मोह किन? मुख्य डिजाइनर र संरक्षकहरुसम्म नपुगी संगठित अपराध र तस्करीको मात्र कुरा उठाएर राजस्व ठगीको बिषयबाट उन्मुक्ती दिन किन खोजेको? आम नागरिकमा थोरै भएपनि आशा जगाउने अवस्था बन्दै जाँदा गृहमन्त्रीजी तपाईले पनि फेरि नागरिकमा निराशा थप्नुभएको छ। सत्ताको मोलमोलाइमा तपाईको इमान पनि डगमगाएको छ। कृपया यस्तो गम्भीर आरोप लागिरहँदा तपाई नैतिक रुपले पदमा टासिइरहन सुहाँउछ? कृपया निष्पक्ष अनुसन्धानको लागि बाटो खोल्नुस। प्रहरीले आफ्नो साख पुनस्थापित गर्नेकी गुलामी गरेर थोर बहुत लाभमा रमाउने हो निर्णय गरोस। नागरिक सबै हिसाब गरिरहेछन् भ्रममा राख्ने दुस्साहस कसैले पनि नगरेकै राम्रो। जय नेपाल।