काठमाडौं, भदौ ७ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । मंगलबारदेखि सुरू भएको बैठकमा आज धारणा राख्न बाँकी केन्द्रीय सदस्यहरुले आ–आफनो धारणा राख्नेछन । बैठक अहिले बिहान ८ बजेबाट सुरु हुनेछ ।
बुधबार बसेको बैठकमा ८१ जनाले सदस्यले आ–आफनो धारणा राखेका थिए । अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम नसकिए पछि बैठक आज पनि नियमित हुन लागेको हो । केन्द्रीय सदस्यहरुले राखेको धारणामा आजै अध्यक्ष नेपालले जवाफ दिएर बैठक समापन गरिँदैछ ।