Logo

रमेश लेखकको खुलासा ‘कांग्रेस सुरुदेखि नै उच्चस्तरीय समितिको पक्षमा थियो’ (भिडिओसहित)



काठमाडौं, ७ भदौ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीले उच्चस्तरीय समिति गठन गर्न हुँदैन भनेर कहिले पनि नभनेको बताएका छन् ।

हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेस सुन तस्करी प्रकरणमा सुरुदेखि नै उच्चस्तरीय समितिको पक्षमा रहेको बताएका हुन् ।

आफूहरुले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले थालेको अनुसन्धान निष्कर्षमा पुगेर अभियोजन भएपछि समिति बनाउने भनेको उनले बताए ।

‘उच्चस्तरीय जाँचबुझ समिति गठन नगर्ने भनेर भनेकै होईन । प्रारम्भदेखि नै नगर्ने भनेको होईन । अहिले ब्रेक शु भित्र सुन तस्करी भएर आयो अथवा अवैध ढंगले पैठारी भएर आयो, त्यसका बारेमा सिआईबीेले अनुसन्धान गरिराखेको छ, अनुसन्धान गरेर उसैले मुद्दा चलाउँछ अथवा अभियोजन गर्छ । त्यसपछि समग्रतामा समिति गठन गरौैं भनेको हो,’– उनले भने ।

निरन्तर सुन तस्करी भइराखेको अवस्थामा कानुनी व्यवस्थामा कमजोरी छ भएपनि परिमार्जनका लागि तयार हुनुपर्ने उनले बताए । उच्चस्तरीय समितिको औचित्य रहेको उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्