काठमाडौं, ७ भदौ । प्याज हाम्रो भान्सामा सधैं प्रयोग गरिने खानेकुरा हो । हामीले दैनिक रुपमा यसको प्रयोग गरेपनि यसका फाइदाहरु हामीलाई थाहा नहुन सक्छ । मुटुरोग विशेषज्ञ डा. ओम मुर्ति अनिलले प्याजको प्रयोगले हुने फाईदाहरुको चर्चा गरेका छन् ।
उनकाअनुसार प्रति १०० ग्राम प्याजमा ४० क्यालोरी हुन्छ । प्याजमा नामको केमिकल पाईन्छ, जसले रगतमा सुगरको मात्रालाई घटाउँछ । प्याजमा भिटामिन बी, सी, र फोलिक एसिड प्रशस्त मात्रामा पाईन्छ । प्याजमा पाईने केमिकलले रक्तनलीमा रगत जम्नबाट रोक्छ । र, हृदयघात र मस्तिष्कघातको सम्भावना घटाउँछ । यसमा क्रोमियम पनि प्रशस्त मात्रामा पाईन्छ, जसले इन्सुलिनको काममा मद्दत गर्दछ ।
डा. अनिलले प्याज मधुमेह रोगीका लागि पनि धेरै नै फाइदाजनक रहेको उल्लेख गरेका छन् । प्याजले एचडीएल कोलेस्ट्रोलको स्तर बढाउने पनि उनले उल्लेख गरेका छन् ।