Logo

गृहमन्त्री श्रेष्ठले काम गर्न पाएको भए सुशासन हुन्थ्यो, देउवाले हस्तक्षेप गरेः अमरेश सिंह



काठमाडौं, ७ भदौ । स्वतन्त्र सांसद् डा. अमरेश कुमार सिंहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रहरी प्रशासनमाथि व्यापक हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेस सभापति देउवाकै चाहनामा प्रहरी अधिकारीहरु श्याम ज्ञवाली, मनोज केसी लगायतको सरुवा गरिएको बताए ।

‘प्रहरीलाई समाप्त गर्ने नेपाली कांग्रेसका सभापति हुनुहुन्छ, सुरुदेखि नै नेपाल प्रहरीलाई आफ्नो पकेटको संस्था बनाउन खोज्नु भएको छ, त्यहाँ भाँडभैलो गर्नुहुन्छ,’– उनले भने ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठको काम कारबाहीमा कांग्रेस सभापति देउवाले हस्तक्षेप गरेको उनले आरोप लगाए । गृहमन्त्री श्रेष्ठले स्वतन्त्र रुपमा काम गर्न पाए देशमा सुशासन स्थापना हुने उनको विश्वास छ । अहिले देश चार जनाको महामन्त्री परिषद्ले चलाइरहेको उनको आरोप छ ।

सबै मन्त्रिपरिषद्को निर्णय र जिम्मा उक्त परिषद्मा रहेको र अन्य क्याबिनेटका मन्त्रीहरुले आफ्नो जागिरमात्रै खाएको उनले बताए । महामन्त्री परिषद्मा कांग्रेस सभापति देउवा, आरजु राणा, प्रचण्ड र गंगा दाहाल रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्