Logo

कोशी सरकारविरुद्धको रिटमा अन्तरिम आदेश जारी



काठमाडौं, ७ भदौ । कोशी प्रदेश सरकारविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट लिएको विश्वासको मत माथि प्रश्न उठाउँदै नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मत बहादुर कार्कीले रिट दायर गरेका थिए ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजालसमा उक्त मुद्दाको सुनुवाई परेको थियो । मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गरेको भनि भएको घोषणा नेपालको संविधानको धारा १६८(२) र (४०) र धारा १८६, संसदीय अभ्यास, संवैधानिक नैतिकता लगायत यस अदालतबाट प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल रहेको सर्वोच्चको आदेशमा भनिएको छ ।

मुद्दाको अन्तिम किनारा नलागेसम्म दीर्घकालीन असर पर्ने प्रकृतिका र नीतिगत प्रकृतिका निर्णय नगर्नु नगराउन सर्वोच्चले भनेको छ ।

 



प्रतिक्रिया दिनुहोस्