Logo

आजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा कायम राख्ने भन्नेबारे निर्णय लिँदै



काठमाडौं, ८ भदौ । आम जनता पार्टीको यही भदौ ११ गते बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको तयारी पूरा भएको छ ।

प्रभु साह नेतृत्वको आजपाको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक यही भदौ ११ र १२ गते बस्ने भएको छ ।

बैठकमा अध्यक्ष साहले राष्ट्रिय महत्वका विषयमा केन्द्रित रहेर आफ्नो विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको प्रवक्ता चन्द्र भुषण साहले जानकारी दिएका छन् ।

काठमाडौंको कमलास्थित् प्रज्ञा भवनको लेखनाथ हलमा हुने बैठकमा अध्यक्ष साहले सरकारसँगको सम्बन्ध यथावत राख्ने वा छोड्ने भन्ने विषयमा निर्णय लिने तयारी गरेका छन् ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका पूर्वमन्त्री साहले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थन कायमै राख्ने वा फिर्ता लिने भन्नेबारे यही बैठकबाट निर्णय लिने तयारी गरेको आजपाका नेताहरुले जानकारी दिए । file photo



प्रतिक्रिया दिनुहोस्