Logo

संविधान लेखनमा चुक्दा कमल थापाको हालत यो भयो : ज्ञानेन्द्र शाही (भिडिओसहित)



काठमाडौं, ९ भदौ । राप्रपाका प्रवक्ता एवम् प्रमुख सचेतक ज्ञानेन्द्र बहादुर शाहीले देशमा सबैले आफ्नो धर्म मान्न पाउनुपर्ने बताएका छन् । तर, आफ्नो धर्म मान्दा अर्काको धर्म र आस्थामाथि प्रहार गर्न नपाउने उनको भनाई छ । उनले भने,‘जस्तो अहिले मुसलमानहरुले सुंगुर खानुहुन्न । उहाँहरुले छुँदापनि छुनुुहुन्न । कोही मान्छे गएर अहिले साउदी अरब, इण्डोनेसियामा, या बंगलादेशमा, या अफगानिस्तानमा दिनदाहाडै म मस्जिदको अगाडि सुंगुर काट्दै हिँड्छु भन्दै हिँड्यो भने त्यहाँको कानूनले के गर्छ ? सम्भवतः फासी लगाएर झुण्ड्याउँछ ।’

उनले नेपालमा सबैले सबैको धर्मलाई सम्मान गर्नुपर्नेमा जोड दिए । तर, आफ्नो धर्म मान्दा अर्काको धर्मलाई अपमान गर्न नहुने उनको भनाई छ । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले संविधानले नै देशमा अराजकता जन्माएको आरोप लगाएका छन् । उनले अहिलेको संविधान सबैले मानेको हो भने जनमतसंग्रह गर्न चूनौति दिए । उनले संविधान लेखमा प्रक्रियामा राप्रपा चुक्दा आज कमल थापाको हालत अहिलेको अवस्था भएको टिप्पणी गरे । उनले भने,‘उहाँले त्यही गल्ती गर्नुभयो र त अहिले हालत यस्तो भयो ।’



प्रतिक्रिया दिनुहोस्