Logo

ललिता निवास प्रकरणबारे आज अदालतमा अभियोजन दर्ता गरिँदै



काठमाडौं, भदौ १० । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणबारे सरकारी वकिलको कार्यालय काठमाडौंले आज अदालतमा अभियोजन दर्ता गर्दैछ ।

काठमाडौं जिल्ला अदालतमा अभियोजन दर्ता गरिने कार्यालयका प्रमुख, सहन्यायधिवक्ता अच्युतमणि न्यौपानेका अनुसार शुक्रबार नै मुद्दा दर्ताको तयारी गरिएपनि प्रहरीको अनुसन्धान प्रतिवेदन अध्ययन गर्न नभ्याइएकाले आज अभियोजन दर्ता गरिन लागेको हो ।

ललिता निवासको जग्गा हिनामिना गरी व्यक्तिका नाममा लगेको विषयमा अनुसन्धान गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले २८६ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको प्रतिवेदन सरकारी वकीललाई बुझाईसकेको छ ।

ललितानिवास परिसरको एक सय ४३ रोपनी ६ आना जग्गा किर्ते कागजपत्रका आधारमा योजनाबद्ध र सङ्गठित रूपमा पटक पटक गरी व्यक्तिको नाममा सारिएको निष्कर्ष सिआइबीको छ । सोही आधारमा सीआइबीले सङ्गठित अपराध तथा किर्ते मुद्दा चलाउन सिफारिस गरेको छ ।



प्रतिक्रिया दिनुहोस्