Logo

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा राजकिशोर यादवले उम्मेदवारी दिने



काठमाडौं, १० भदौ । प्रतिनिधिसभाअन्तर्गत समितिको सभापति चयनका लागि आज मनोनयन दर्ता हुँदैछ । आज (आइतबार) बिहान १० देखि अपराह्न ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जसपाबाट राजकिशोर यादवले उम्मेदवारी दिँदैछन् । प्रतिनिधिसभाका १० वटा विषयगत समितिको सभापतिका लागि सत्ता पक्ष र प्रतिपक्षबीच भागबण्डा भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले एउटा समितिको सभापति राप्रपालाई पनि दिने सहमति गरेको खुलेको छ ।



प्रतिक्रिया दिनुहोस्