काठमाडौं, १० भदौ । काठमाडौं महानगरपालिकाले ढुसी परेको पेय पदार्थ बेच्नेलाई एक लाख ५० हजार जरिवाना गरेको छ ।
गत शुक्रबार महानगरको बजार अनुगमनको क्रममा ढुसी परेको कोक भेटिएपछि कालिञ्चोक ट्रेडिङ नेपाललाई उक्त जरिवाना गरेको हो ।
महानगरले जरिवाना सात दिनभित्र तिर्न आउन भनेको छ । बजार अनुगमन समिति उपमेयरको नेतृत्वमा रहने व्यवस्था रहेको छ ।
बजारमा उपभोक्ता समक्ष पुग्नु अगावै अखाद्य देखिएका उत्पादन तुरुन्त फिर्ता लैजान पनि महानगरले निर्देशन दिएको छ ।