काठमाडौं, १० भदौ । हिन्दू सम्राट सेना, सर्लाही शाखाले धरानमा भएको गौ हत्याको विरोधमा आज सर्लाहीमा प्रदर्शन गरेको छ । कृष्ण यादवको नेतृत्वमा भएको विरोध प्रदर्शनमा गौ हत्यामा संलग्न दोषीहरुलाई अविलम्ब कारबाहीको माग गरिएको थियो ।
सो अवसरमा यादवले नेपाल हिन्दूहरुको बाहुल्य भएको देश भएको भन्दै गौ हत्या गर्नेलाई प्रशासनले अविलम्ब पक्राउ गरेर कारबाही गर्नुपर्ने माग गरे । उनले आफूहरुको आस्थामाथि खेलबाड गर्नेलाई नछोड्ने चेतावनी समेत दिए । प्रदर्शनमा उत्रिएकाहरुले गौ हत्याका दोषीलाई कारबाही गर्नुपर्ने नारा लगाएका थिए ।