काठमाडौं, ११ भदौ । काठमाडौं महानगरपालिकाले बजार अनुगमन तीब्र बनाएको छ । महानगरको बजार अनुगमन समिति उपमेयरको नेतृत्वमा रहने व्यवस्था छ ।
महानगरले सडकमा निर्माण सामाग्री राखेका रामकुमार थापालाई जरिवाना गराएको छ । महानगरको वडा नं ९ स्थित रातोपुलका स्थानीय थापालाई महानगरले २५ हजार रुपैयाँ जरिवाना गरेको छ ।
महानगरले गत शुक्रबार कोकमा ढुसी भेटिएपछि कालिञ्चोक ट्रेडिङलाई एक लाख पचास हजारु रुपैयाँ जरिवाना गरेको थियो ।