Logo

रास्वापाबाट उम्मेदवारी फिर्ता, उद्योग समितिको सभापतिमा जनमतका खान



काठमाडौँ, ११ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमत पार्टीका अब्दुल खान निर्विरोध निर्वाचित भएका छन् ।

समितिको आजको बैठकमा रास्वापका उमेदवार पराजुलीले आफ्नो उम्मेदवारी फिर्ता लिएर खानलाई समर्थन गरेको बताए । समितिका ज्येष्ठ सदस्य रणेन्द्र बराइलीले समितिको सभापतिमा खान निर्विरोध निर्वाचित भएको घोषणा गरे ।

सभापतिका उम्मेदवार खानले आफूले अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व गरेको हुनाले रास्वपाका उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिएर सहयोग गर्न आग्रह गरेका थिए । “जनताको पक्षमा काम गर्ने हुटहुटी छ । मलाई मत दिएर सभापतिमा चयन गर्न आग्रह गर्दछु”, उनले भने । रासस



प्रतिक्रिया दिनुहोस्