Logo

एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमको पाँच वर्षे समयावधि प्रारम्भ, सहमति पत्र आदानप्रदान



काठमाडौं, १३ भदौ । एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमको पाँच वर्षे समयावधि प्रारम्भ भएको छ । नेपाल सरकार तथा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) ले दुवै संयुक्त आर्थिक सहयोगबाट कार्यान्वयन गर्न लागिएको एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम कार्यान्वयन चरणमा प्रवेश भएको घोषणा गरेका छन् ।

नेपाल सरकार र एमसीसीबीच एमसीसी नेपाल कम्प्याक्टको पूर्वतयारी चरणमा यथेष्ट प्रगति भएको सहमतिपछि उक्त घोषणा गरिएको हो । नेपाल सरकारको तर्फबाट अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसी कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले आज (बुधबार) अर्थ मन्त्रालयमा प्रमुख सरोकारवालाहरुको समुपस्थितिमा आयोजित एक विशेष समारोहमा एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेशसम्बन्धी पत्र आदानप्रदान गरेका हुन् ।

Photo By: Mukunda Kalikote/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्