Logo

थला परेको अर्थतन्त्रलाई सुधार गर्दै अर्थमन्त्री डा. महत, देखिन थाल्यो सकारात्मक संकेत



काठमाडौं, १३ भदौ । अर्थमन्त्री डा. प्रकाशरण महतले थिलथिलिएको अर्थतन्त्रलाई विस्तारै सुधारतर्फ ल्याएका छन् । उनको कामलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रफुल्लित छन् । पार्टी सभापति शेरबहादुर देउवा र अर्थमन्त्री डा. महतको कार्यशैली मिल्दोजुल्दो छ ।

सभापति देउवाझैं उनी पनि कम बोल्छन् । महतले पार्टी, संसदीय मोर्चा र सरकारको मोर्चामा जहिल्यैपनि सकारात्मक छाप छोडेका छन् । उनको खुबी र क्षमता देखेरै सभापति देउवाले उनलाई यसपटक अर्थमन्त्रालयको नेतृत्वमा पुर्याएका हुन् ।

कोरोनापछि नेपालको अर्थतन्त्र संकटग्रस्त थियो । विस्तारै अर्थतन्त्र चलायमान हुन थालेको छ । यसको लागि मन्त्री महतले नै सकारात्मक पहलकदमी चालेका हुन् । मन्त्री महत स्वयमले पनि आर्थिक वर्षको प्रारम्भसँगै मुलुकको अर्थतन्त्र चलायमान हुने सङ्केत देखिएको कुरा सार्वजनिक रुपमै बताउँदै आएका छन् ।

उनी अर्थमन्त्रालयको नेतृत्वमा आएसँगै निजी क्षेत्रपनि उत्साही थियो । यसअघि उनले उर्जा र परराष्ट्र मन्त्रालयको नेतृत्व सम्हाल्दापनि राम्रो छाप छोडेका थिए । उनी निजी क्षेत्रलाई पनि सँगसँगै लिएर जाने नेताको रुपमा परिचित छन् । महतले अर्थतन्त्र उकालो लाग्ने दिशामा रहेकाले लक्ष्य प्राप्तिका लागि छिटो हिँड्न दबाब सिर्जना भएको रिपोर्टर्स नेपाल डटकमको लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा भन्ने गरेका छन् । अर्थतन्त्र चलायमान बनाउन राज्य संयन्त्रको साथसँथै नागरिक समाज र सबै सरोकारवाला निकायबीच सामूहिक प्रयास र प्रतिबद्धता आवश्यक रहेको उनको भनाई छ ।

उनले राजस्व र पुँजीगत खर्च बढाउने तथा साधारण खर्च घटाउने विषयमा गम्भीर पहलकदमी लिएका छन् । अहिले अर्थतन्त्रको समग्र अवस्था सकारात्मक बाटोतर्फउन्मुख रहेको अर्थविद्हरुको दाबी छ । महतले देशमा लगानीमैत्री वातावरण निर्माणका लागि पनि ठोस कदम चालेका छन् । विदेशमा रहेका गैरआवासीय नेपालीहरुसँग उनको निरन्तर अन्तरक्रिया चलिरहेको छ ।

अर्थतन्त्रको दायरा फराकिलो बनाउन लगानी बढाउने विषयमा पनि उनले राम्रो निर्णय लिएको भनेर प्रशंसा भैरहेको छ । अर्थमन्त्री महतले भन्दै आएका छन,“लगानीलाई सहज बनाउनुको विकल्प छैन । जति लगानी बढ्छ, त्यति राजस्व बढ्छ । नियम कानुन पालना गरेर सहज रूपमा उद्यम गर्न सक्ने वातावरण तयार पार्न सरकार कटिबद्ध छ ।”

डा. महतकै नेतृत्वमा अहिले मुलुकको अर्थतन्त्र सुधारका लागि नयाँ अध्याय सुरु भएको छ । फलस्वरुप अहिले पुँजीगत खर्च बढाउने र सार्वजनिक खर्च कटौती गर्नतर्फ सरकारको ध्यान केन्द्रित छ । मन्त्री महतले लिएका कतिपय नीतिगत निर्णयका कारण अहिले अर्थतन्त्रमा देखिएका समस्या हल भएका छन् । र, विस्तारै सकारात्मक संकेत देखा पर्न थालेका छन् । महँगी नियन्त्रण हुने दिशामा छ। जनताको सहुलियतका लागि मन्त्री महतले ठोस कदम चाल्ने भएका छन् ।

यो बीचमा अर्थमन्त्री डा. महत जिइएफको उपाध्यक्षमा निर्वाचित भएका छन् । ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जिइएफ) को सातौँ विश्व सम्मेलनको प्लेनरी सेसनबाट अर्थमन्त्री डा. महत उपाध्यक्षमा निर्वाचित भएका थिए । डा. महतको उपस्थितिमा आजबाट एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमको पाँच वर्षे समयावधि प्रारम्भ भएको छ । सहमति पत्र आदानप्रदान हुँदा नेपाल सरकारको तर्फबाट उनै अर्थमन्त्री डा. महतले नै हस्तक्षर गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्