Logo

विप्लव नेतृत्वको नेकपाले छ जिल्लामा एमसीसी विरोधी कार्यक्रम गर्ने



काठमाडौं, भदौ १५ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले अमेरिकी अनुदान सहयोग सम्बन्धी परियोजना एमसिसीको विरोधमा छ जिल्लामा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

आज बिहान केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको नेकपाको स्थायी कमिटी बैठकले संयुक्त गोष्ठी र मार्चपासका कार्यक्रम तय गरेको हो। घोषणा गरिएका कार्यक्रम अनुसार असोज १ गतेदेखि १५ गतेसम्म काठमाडौंसहित नुवाकोट, धादिङ, पाल्पा, नवलपरासी र रुपन्देहीमा एमसीसी विरोधीहरुको संयुक्त गोष्ठी गर्ने तयारी छ।

त्यसपछि फेरि अर्को बैठक बसेर दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने सो पार्टीले जनाएको छ। आजकौ बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल र अमेरिकी सहयोग परियोजना एमसिसीलगायत चार दलीय समाजवादी मोर्चाको विषयमा पनि छलफल भएको जनाइएको छ ।

सरकारले एमसिसी कार्यान्वयनमा ल्याएपछि विप्लव नेतृत्वको नेकपा समाजवादी मोर्चामा असन्तुष्ट बनेको छ ।



प्रतिक्रिया दिनुहोस्