Logo

सर्वोच्चका प्रस्तावित न्यायाधीश विनोद शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु



काठमाण्डौं, भदौ १६ । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश विनोद शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु भएको छ ।

संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीश शर्माको सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । १० दिनभित्र दिएको उजुरीमाथि छानबिन गरेपछि शर्मामाथि संसदीय सुनुवाइ हुनेछ । संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

उच्च अदालत पाटनका न्यायाधीश शर्मा अहिले सर्वोच्च अदालतमा काजमा हुनुहुन्छ । गएको भदौ १० गते बसेको न्याय परिषद् बैठकले उहाँलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा सिफारिस गर्ने निर्णय गरेको थियो।

 



प्रतिक्रिया दिनुहोस्