Logo

गोरखाको कट्टेचोकमा कुकर बम जस्तो वस्तु फेला



गोरखा, भदौ १६ । गोरखा नगरपालिका वडा नम्बर ८ स्थित कट्टेल चोकमा कुकर बम जस्तो देखिने प्लास्टिकले बेरेको अवस्थामा एउटा पुरानो कुकर बीच बाटोमा फेला परेको छ । बिजुलीका तारसहित कुकुर देखेपछि यात्रुहरूले प्रहरीलाई खबर गरेका थिए ।

बमको आशङ्कामा नेपाली सेनाको टोली डिस्पोजलका लागि यतिबेला चोकमा तैनाथ रहेको छ । मानिसहरूलाई त्रसित बनाउन बम बनाएर कसले के प्रयोजनका लागि राखेको हो भन्ने खुल्न सकेको छैन ।

जिल्लाका सुरक्षा निकायको टोली यतिबेला कट्टेल चोक क्षेत्रमा तैनाथ छन् । नेपाली सेनाले बीचबाटोमा राखिएको बस्तु विस्फोटक पदार्थ डिस्पोजल गर्ने तयारी गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्