Logo

प्रचण्डले सत्ता जोगाउन भारतलाई जलस्रोत हस्तान्तरण गरेर आएः एमाले उपमहासचिव ज्ञवाली



काठमाडौं,१६ भदौ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा राष्ट्रहितलाई लत्याएर कुर्सी जोगाउन जलस्रोत भारतलाई सुम्पिएर फर्किएको आरोप लगाएका छन् ।

आजबाट सुरु भएको नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले प्रचण्ड नेतृत्वको वर्तमान सरकार सत्ता जोगाउनका लागि जस्तोसुकै सम्झौता गर्न तयार रहेको दाबी गरे ।

ज्ञवालीले अहिले राष्ट्रिय हितको अभियान अप्ठेरोमा परेको पनि बताए। उनले एमाले एकतावद्ध छ भन्ने सन्देश लुम्बिनीबाट दिनुपर्ने पनि बताए।

‘हामीले देख्यौं अस्तिमात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जानुभयो। नेपालका राष्ट्रिय हितका पक्षमा कुनै आवाज उठाउन सक्नुभएन। हामीलाई भैरहवा एयरपोर्टको नयाँ रुट, हामीलाई २७ वर्षदेखि अलपत्र पञ्चेश्वरमा ब्रेक थु,’ ज्ञवालीले सम्बोधनको क्रममा भने,‘हामीलाई चाहिएको थियो अपर कर्णालीमा ब्रेक थु। उहाँले केहीपनि गर्नुभएन। बरु उल्टै भारतीय प्राथमिकताका जलस्रोत तम शरणमः गर्दै उहाँले हस्तान्तरण गरेर आउनुभयो।’



प्रतिक्रिया दिनुहोस्