उदयपुर, १६ भदौ । पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का नेता अमन लाल मोदीले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ जनसम्बन्ध सुदृढीकरणमा कोसेढुंगा सावित् हुने बताएका छन् ।
उदयपुर जिल्लाको बेलका र चौदण्डीगढी नगरपालिका विभिन्न वडामा जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको उद्घाटन गर्ने क्रममा पूर्वमन्त्री मोदीले यस्तो बताएका हुन् । माओवादी केन्द्रले आजबाट थालेको ३ महिने अभियानको देशका सबै वडामा एकैसाथ उद्घाटन भएको छ ।
‘जनताको आकांक्षा र चाहनाबमोजिम विकास निर्माण र सुशासनमार्फत मुलुकलाई समृद्धिको बाटोमा डो¥याउनसक्ने तागत माओवादीसँग मात्रै छ’ उनले भने,‘संघीयता, समानुपातिक समावेशिता, धर्मनिरपेक्षता, लगायतका एजेण्डालाई माओवादीले संविधानमार्फत् संस्थागत ग¥यो, अब जनताको जीवन बदल्ने संकल्पका साथ हामी आएका छौँ ।’
जनताको सुख दुखमा माओवादी सदैव सँगै रहने बताउँदै मोदीले थपे, ‘जनता र माओवादीबीच विशिष्ट खालको सामीप्यता छ, त्यो सामीप्यतालाई अझ प्रागाढ बनाउनका लागि हामी जनताको घरदैलोमा आएका छौँ ।’
बेलका र उदयपुरका विभिन्न वडामा कतै कोणसभा, कतै भलिबल प्रतियोगितामार्फत र सहिद बेपत्ता तथा सामाजिक व्यक्तित्वलाई सम्मान गर्दैै अभियानको उद्घाटन भएको छ ।