Logo

स्कारपियो दुर्घटनामा दुई जनाको मृत्यु, चार घाइते



सिन्धुपाल्चोक, भदौ १७ । दोलखाबाट काठमाडौँ आउँदै गरेको गरेको बा१५च ९३७० नम्बरको स्कारपियो लामोसाँघु–जिरी सडकखण्डको सुनकोसी गाउँपालिका पाँचकिलो नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

मृत्यु हुनेमा चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोक बाह्रबिसेका बलबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

सडकबाट करिब तीन सय मिटर तल सडकमा स्कारपियो खसेपछि राति स्थानीयले उद्धार गरेका थिए । दुर्घटनाका घाइतेलाई उपचारका लागि धुलिखेल पठाइएको प्रहरी जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्