काठमाडौं, १८ भदौ । भगवती हाइड्रोपावर डेभलपमेन्टको साधारण शेयर बाँडफाँड भएको छ । शेयर निस्काशककर्ता सिद्धार्थ क्यापिटलले आज (सोमबार) आईपीओ बाँडफाँड गरेको हो ।
कूल १३ लाख छ हजार छ सय ७७ आवेदन स्वीकृत भएकोमा ७१ हजार दुई सय २२ जनालेमात्रै आईपीओ पाएका छन् । कम्पनीले गत भदौ ५ देखि ८ गतेसम्म १०० रुपैयाँ अंकित १६ रुपैयाँ प्रिमिय थप गरेर प्रतिकित्ता ११६ रुपैयाँमा आईपीओ बिक्री खुल्ला गरेको थियो । आईपीओको रिजल्ट https://iporesult.cdsc.com.np मा हेर्न सकिने छ ।