काठमाडौं, १८ भदौ । सरकारले वन तथा वातावरण मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव हेरफेर गरेको हो । हालै बसेको मन्त्रिपरिषद्को बैठकले वन मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पशुपन्छी तर्फको सचिवमा सरुवा गरिएको छ भने त्यहाँ कार्यरत डा. दीपककुमार खराललाई वन तथा वातावरण मन्त्रालयको सचिवमा सरुवा गरेको छ।
खराल वनतर्फको तथा पौडेल कृषितर्फका कर्मचारी हुन् । वन मन्त्रालयमा सरुवा भएका सचिव खरालले आजैबाट जिम्मेवारी सम्हालेका छन् । सो अवसरमा उनले वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोसँग पनि भेटवार्ता गरेका थिए ।