काठमाडौं, भदौ १९ । नेकपा (एमाले) को मधेस प्रदेशको अधिवेशन सरेको छ । पार्टीको २४औँ सचिवालय बैठकले असोज ५ र ६ गते तय गरेको अधिवेशन आइतबार बसेको प्रदेश कमिटीको बैठकले असोज २४ र २५ गते जनकपुरमा गर्ने तय गरेको छ ।
लुम्बिनी प्रदेशमा भने आज मतदान भइरहेको छ । चार दिनअघि प्रदेश अधिवेशन सुरु भए पनि निर्वाचनमार्फत नेतृत्व चुनिने भएपछि अधिवेशन लम्बिएको छ ।