Logo

महेन्द्र यादवमाथि खुकुरी प्रहार भएपछि नेविसंघ त्रिचन्द्र आन्दोलित, गृहमन्त्रीको राजीनामा माग (फोटोफिचर)



काठमाडौं, २० भदौ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले आफ्नो पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणको निन्दा गर्दै प्रदर्शन गरेको छ । नेता यादवमाथि आज (बुधबार) रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोलेर निस्किने क्रममा खुकुरी प्रहार भएको थियो ।

सो घट्नाको निन्दा गर्दै नेविसंघले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामासमेत मागेको छ । राजधानीजस्तो ठाउँमा दिनदाहाडै पूर्वमन्त्री र कांग्रेसजस्तो जिम्मेवार दलका सहमहामन्त्रीमाथि खुकुरी प्रहार हुनु गृहमन्त्रीले शान्ति सुरक्षा कायम गर्न नसकेको नेविसंघको निश्कर्ष छ । यही सन्दर्भमा नेविसंघ त्रिचन्द्रले पनि आजै साँझ प्रदर्शन गरेको छ ।

नेविसंघकी नेतृ पूजा फुयाँलले आफूहरुले नेता यादवमाथि भएको खुकुरी प्रहारको भत्र्सना गर्दै प्रदर्शन गरेको जानकारी दिईन् । सो क्रममा नेविसंघका नेता तथा कार्यकर्ताहरुले आफूहरु जनता मान्ने र तिमी वंश मान्ने लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । नेता यादवमाथि आक्रमण गर्ने व्यक्ति अहिले प्रहरी हिरासतमा छन् ।

नुवाकोट स्थायी घर बताउने ती व्यक्तिले आफ्नो नाम श्यामबाबु सापकोटा भनेका छन् । र, आक्रमणलगत्तै उनले राजसंस्था जिन्दावादको नारा लगाएका थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्