Logo

काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको डेंगु संक्रमणबाट निधन



काठमाडौं, भदौ २१ । काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको डेंगु संक्रमणबाट निधन भएको छ ।

ग्राण्डी अस्पतालमा उपचारका क्रममा रहेका उनको आज विहान निधन भएको वडासचिव प्रकाश खड्काले बताए । डेंगु संक्रमणपछि उनी ग्राण्डी अस्पतालमा उपचार गराइरहेका थिए ।

रिजाल गत स्थानीय तह निर्वाचनमा चार हजार १९ मतका साथ अध्यक्षमा विजयी भएका थिए । उनले नेकपा (एमाले)का उम्मेदवार लक्ष्मीरत्न तुलाधरलाई पराजित गरेका थिए ।

नेपाली कांग्रेस क्षेत्र नं ७ को क्षेत्रीय सभापतिसमेत रहेका रिजाल गत वर्ष वैशाखमा दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा विजयी भएका थिए ।

एक साता अघि अस्पताल भर्ना भएका उनको फोक्सोमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो ।

रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्न उनको पार्थीव शरिर अहिले विहान ११ बजे राष्ट्रिय सभागृहमा राखेर आजै पशुपतिनाथस्थित आर्यघाटमा अन्तिम संस्कार गरिने छ ।रिजालका श्रीमती र दुई छोरा छन् ।



प्रतिक्रिया दिनुहोस्