काठमाडौं, भदौ २४ । आज भदौै २४ गते आइतबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।
आज एक अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ४२ पैसा र बिक्री दर १३३ रुपैयाँ २ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोपियन युरोको खरिद दर १४१ रुपैयाँ ७२ पैसा र बिक्री दर १४२ रुपैयाँ ३६पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिद दर ८४ रुपैयाँ ६७ पैसा र बिक्री दर ८५ रुपैयाँ ५ पैसा रहेको बैंकले जनाएको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्री दर ३६ रुपैयाँ ३९ पैसा रहेको छ ।