Logo

ढाकाकुमारले खुलासा गरे रास्वपाको ‘कोर टिम’ (भिडिओसहित)



काठमाडौं, २५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निस्काशित भएका ढाकाकुमार श्रेष्ठले कोर टिमको खुलासा गरेका छन् । उनले पार्टीका केन्द्रीय सदस्य मोहनजंग थापामार्फत मन्त्री बनाउनका लागि तीन करोड मागिएको खुलासा गरेका हुन् ।

प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कोर टिमको खुलास गरेका हुन् । मोहनजंग थापा पार्टी सभापति रवि लामिछानेकै घरमा बस्ने गरेको र लामिछानेकी धर्मपत्नी निकिता पौडेलसँग पनि उनले तीन करोड दिए मन्त्रीका लागि लविङ गरिदिन्छु भनेको सुनाए ।

उनले आफूलाई पैसाको लागि पटक–पटक फोन आएको पनि सुनाए । ‘केन्द्रीय सदस्य मोहनजंग थापाले मन्त्री बन्नका लागि तीन करोड माग्नुभयो । उहाँमार्फत मसँग पैसा मागिएको हो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्