डडेल्धुरा, २६ भदौ । डडेल्धुरामा एकजना वडा सचिव मृत भेटिएका छन्। जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर १ का सचिव खगेन्द्रप्रसाद पन्त मृत अवस्थामा फेला परेका हुन्।
अमरगढी नगरपालिकाकै स्याउले नजिक उनी खाल्डोमा मृत भेटिएका हुन्। पन्तको से ५ प २८०३ नम्बरको मोटरसाइकल पनि खाल्डोमै भेटिएकाले दुर्घटनामा मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक कुसुम नायकले बताए।
पन्तको शव अहिले डडेल्धुरा अस्पतालमा लगिदैछ भने घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पन्त पहिले वडा नम्बर १० का सचिव थिए। ५८ वर्षीय पन्तको घर बैतडीको पाटन नगरपालिका २ हो।