Logo

सिंहदरबारमा आकस्मिक मन्त्रिपरिषद् बैठक सुरु



काठमाडौं, भदौ २६ । नेपाली राजनीति वृत्तमा निकै शालीन नेताका रुपमा परिचित पूर्व संविधानसभा अध्यक्ष तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि आकस्मिक मन्त्रिपरिषद् बैठक सुरु भएको छ । उनलाई दिइने सम्मानका विषयमा निर्णय लिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आकस्मिक मन्त्रिपरिषद् बैठक बसेको हो ।

नेम्वाङको निधनपछि बुधबार शोक बिदा दिने तयारीसमेत गरिएको बुझिएको छ । नेम्वाङको निधनको खबरसँगै अहिले नेपाली राजनीति वृत्तसँगै सम्पूर्ण मुलुक नै स्तब्ध बनेको छ । उनको निधनप्रति सबै राजनीतिक दलका नेता तथा कार्यकर्ता एवम् आम नागरिकले दुःख व्यक्त गर्दै श्रद्धान्जली अर्पण गरेका छन् ।

संविधान सभा अध्यक्षसमेत रहेका नेता नेम्वाङको सोमबार राती निधन भएको हो । बालुवाटारस्थिति निवासको शौचालयमा बेहोस भेटिएका उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लैजाँदै गर्दा बीचबाटोमै निधन भएको हो । सोमबार राती १ः५० बजे अस्पताल पुर्याइएका नेम्वाङलाई चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्