काठमाडौं, २६ भदौ । एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको खबरले राष्ट्रिय स्वतन्त्र पार्टी स्तब्ध भएको छ । नेम्वाङको निधनमा शोक वक्तव्य जारी गर्दै रास्वपाले नेम्वाङले लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिकाको इतिहासले सदैव सम्झने र अमर रहने उल्लेख गरेको छ ।
नेम्वाङको निधनका कारण रास्वपाले आजका सबै कार्यक्रम स्थगित गरेको पनि जनाएको छ । साथै, सरकारले नेम्वाङको अन्त्येष्टिको दिन दिने सार्वजनिक विदाका दिनमा पनि कुनै कार्यक्रम नराख्ने जनाएको छ ।
यस्तो छ रास्वपाको शोक वक्तव्य