Logo

क्यान्सरपीडितको उपचारका लागि अक्षयकोष स्थापना



वालिङ (स्याङ्जा), २६ भदौ । स्याङ्जाका एक समाजसेवीले क्यान्सरपीडित विपन्न परिवारको उपचारमा सहयोग गर्ने हेतुले अक्षयकोष स्थापना गरेका छन् ।

आँधीखोला गाउँपालिका–३ का कृष्णप्रसाद शास्त्री पौडेलले परिवारजनको स्मृतिमा आठ लाखको अक्षयकोष स्थापना गरेका हुन् । उनले अक्षयकोष स्थापना गर्नका लागि उक्त रकम गाउँपालिकालाई हस्तान्तरण गरे । पौडेलले आफ्ना  बुबा स्व टीकाराम पौडेल, आमा स्व. हरिकला पौडेल र धर्मपत्नी स्व. लीलादेवी पौडेलको स्मृतिमा ‘हरिटिका लीला स्वास्थ्य उपचार अक्षयकोष’ स्थापना गरेका हुन् ।

आँधीखोला गाउँपालिका मातहतको सेतीदोभान आधारभूत अस्पतालमा स्थापना भएको अक्षयकोष गाउँपालिकामार्फत सञ्चालन हुने गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले बताए । “गाउँपालिकाले कार्यविधि बनाइसकेकाले सोही कार्यविधिमा टेकेर पहिलो चरणमा क्यान्सर पीडित विपन्न नागरिकलाई सहयोग गर्छौं”, उनले भने । रासस



प्रतिक्रिया दिनुहोस्