काठमाडौं, २६ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसँग भेट्ने वाचा अधुरै भएको बताएका छन् ।
आज (मंगलबार) उनको निधन भएको छ । गत शनिबार धरान गएका नेम्वाङ आईतबार फर्किएका थिए । आईतबार उनले फोन गरेर मंगलबार भेटौं भनेको ओलीले सम्झना गरेका छन् । उनले मंगलबार पार्थिव पार्थिव शरीर हेरेर बिदाइ गर्न विवश भएको भन्दै दुःख व्यक्त गरेका छन् ।
‘अस्तिको दिन सुवासजी धरानको कार्यक्रमबाट फर्केपछि फोनमा कुरा भएको थियो । उहाँको बोली सधैंझैं सहज थियो । मंगलबार बिहान भेट्ने कुरा भएको थियो । तर, आज मंगलबार नै उहाँको पार्थिव शरीर हेरेर बिदाइ गर्न विवश भएँ। भावपूर्ण श्रद्धासुमन !’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।