काठमाडौं, २७ भदौ । नेपालका लागि बिवाईडीको आधिकारिक विक्रेता साइमेक्स इंकले विद्युतीय गाडी ‘फ्युचरिस्टिक बिवाइडी डल्फिन’ सार्वजनिक गरेको छ ।
गत सोमबार सार्वजनिक गरिएको उक्त ‘फ्युचरिस्टिक डल्फिन’ को सुरुआती मूल्य ३९ लाख ८० हजार रुपैयाँ रहेको छ ।
बिवाइडी डल्फिनमा ४४.९ किलोवाट आवरको ब्लेड ब्याट्री जसले ७ किलोवाटको चार्जर समर्थन गर्छ । त्यसैगरी, एक पटक पूरा चार्ज गर्दा ३४० किलोमिटरसम्म रेन्ज दिन्छ ।
कम्पनीका अनुसार बिवाइडी डल्फिन बजारको बहुप्रतिक्षित ह्याचब्याग सेगमेन्टको विद्युतीय गाडी र यो ह्याचब्याग बिवाइडीको ओसियन सिरिजको पहिलो गाडी हो ।
कम्पनीले बिवाइडी डल्फिनको सुरुवातले नेपालमा नयाँ ऊर्जा थप्ने तथा यात्रुवाहक सवारी व्यवसायको क्षेत्रमा कोसेढुंगा साबित हुने विश्वास लिएको छ ।
बिवाइडी डल्फिनको वितरण नाडा अटो सो २०२३ पछि सुरु हुनेछ। हाल बिवाइडीको फ्युचरिस्टिक बिवाइडी डल्फिन स्यान्ड ह्वाइट (सेतो) माल्दिभ पर्पल (बैजनी), कोरल पिंक (गुलाबी) र अर्बन ग्रे गरी चार विभिन्न रङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।