Logo

‘संघीय मामिला मन्त्रालयमा विचौलियालाई प्रवेश रोक लगाउन सुझाव’



काठमाडौं, २८ भदौ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीलाई मन्त्रालयमा साविकदेखि हुने गरेको अनियमितता रोक्न सुझाव दिएका छन् ।

उनले मन्त्रालयमा विचौलियाको प्रवेशमा रोक लगाउन पनि सुझाव दिएका हुन् । उनले कसैले पनि कसैसँग पैसा लिएर सरुवा तथा बढुवा गराउन नहुने धारणा राखेका छन् । उनले फेशबुकमार्फत मन्त्री देवीलाई दिएको सुझाव सार्वजनिक गरेका छन् । यस्तो छ उनको सुझाव-

आज सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीज्यूद्वारा मन्त्रालयमा साबिकदेखि हुने गरेको अनियमितता रोक्न छलफल पश्चात् केही सुझाव दिएको छु:

(क) : मन्त्रालय परिसरमा चलखेल रोख्न CCTV जडान गर्ने

(ख) : विचौलियाको प्रवेश रोक्ने

(ग) : कसैले कसैसँग पैसा लिएर सरूवाबढुवा गर्न गराउनु हुँदैन। कुनै बिचौलिया, कर्मचारी वा जोसुकैले सेवाग्राहीसँग सरूवा बढुवाको लागि पैसा मागेको छ भने ठोस प्रमाण सहित हामीलाई जानकारी गराउने (तर कसैलाई केवल फसाउन, बदनाम गर्न वा चरित्रहत्या गर्न आधारहीन र प्रमाणहीन रूपमा कुनै कार्य गर्नु हुँदैन)

(घ) : पैसा कमाउने नियतले नै रहेका मन्त्रालयका कर्मचारीहरूलाई अन्यत्र सरूवा गर्ने (कृपया सार्वजनिक प्रशासन सेवामा इमान्दारी पूर्वक परिवर्तन गर्न इच्छुक भए मात्रै यस मन्त्रालयमा आउने चेष्टा गर्नुहोला)

(ङ) : इन्जिनियरिङ स्टाफ कलेजको स्थापनाको लागि पहल (च) निजामती सेवा ऐनमा समेट्नु पर्ने वा संशोधन गर्नु पर्ने विषयहरू सबै निजामती कर्मचारीहरूको कल्याण र भ्रष्टाचाररहित सार्वजनिक प्रशासन नै हाम्रो उद्देश्य हो। कृपया यस परिवर्तनको लागि साथ दिनुहोस्। file photo



प्रतिक्रिया दिनुहोस्