काठमाडौं, २८ भदौ । नेकपा (एकीकृत समाजवादी) ले राजीव गुरुङ (दीपक मनाङ्गे) सहित १७ जनालाई केन्द्रीय परिषद् सदस्यमा मनोनित गरेको छ । गत भदौ ५ देखि ७ गतेसम्म बसेको नेकपा (एस) को केन्द्रीय समिति बैठकले उनीहरुलाई केन्द्रीय परिषद् सदस्यमा मनोनित गरेको हो ।
नेकपा (एस) ले उक्त बैठकको सर्कूलर सार्वजनिक गरेको छ । अन्य सदस्यहरुमा चिरिञ्जीवी पाण्डे, अच्युत पाण्डे, दिनेश रावल, नवराज अर्याल, समसुद्दिन सिद्धिकी, भद्रप्रसाद देवकोटा, हेमन्त रेग्मी, रमेशबाबु श्रेष्ठ, अमृतसागर बस्नेत, हरि खड्का, विकेश लामा, संग्राम लामा, पदम थापा, सूर्य पाख्रिन, भीमबहादुर, प्रा.डा. होमबहादुर बडुवाल रहेका छन् ।