Logo

भूमि आयोगद्वारा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आग्रह



काठमाडौं, २९ भदौ । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन सूचना जारी गरेको छ । आयोगले आज (शुक्रबार) सूचना जारी गर्दै ३५ दिनभित्र निवेदन दिन भनेको छ ।

आयोगले ३५ दिनभित्र तोकिएको ढाँचामा स्थानीय वडा तहबाट वा वडाका तोकिएका स्थानहरुका खटिएको लगत संकलकमार्फत निवेदन पेश गर्न भनेको छ ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको आवास तथा भूमिमाथिको पहुँच र स्वामित्व स्थापित गराउन र देशबाट भूमिहीनताको अन्त्यका लागि आयोगले काम गरिरहेको छ ।

आयोगले सातवटै प्रदेशका विभिन्न स्थानीय पालिकामा रहेका मिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने प्रयोजनका लागि सूचना जारी गरेको हो ।

 



प्रतिक्रिया दिनुहोस्